Sunday, May 17News That Matters

मृगको मासुसहित २ जना पक्राउ

पूर्णपुष्टि, जेठ २५ गते । 

चौदण्डिगढीको एक सामुदायीक वनमा जंगली जनावर मार्ने दुई जना पक्राउ परेका छन् । चौदण्डिगढी  नगरपालिका–५ जुटपानीका २८ वर्षीय विरेन तामाङ र मोतिलाल तामाङ पक्राउ परेका हुन् ।

चौनपा–५ स्थित सगरमाथा सामुदायीक वन क्षेत्रमा सिकार खेली मृग मारेर काटकुट पारी घर ल्याएको भन्ने जानकारी अनुसार ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटेका प्रहरी टोली र सव डिभिजन वन कार्यालय सुन्दरपुरबाट खटेका संयुक्त टोलीले मृगको मासुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई सव डिभिजन वन कार्यालय सुन्दरपुरमा बुझाएको प्रहरीले जनाएको छ ।