Monday, April 20News That Matters

मेचि महाकाली शान्ति यात्राका अभियान्तालाई विदाई

गाईघाट/माघ, २९
पर्यटन प्रवद्र्धन तथा सामाजिक शान्ति अभियान २०७६ लाई सफल बनाउने भन्दै शारिर अपाङगता भएका नारायणभक्त कार्की अहिले मेचि महाकाली शान्ति यात्राको दौरानमा हुनुहुन्छ । पर्यटन बर्ष २०२० लाई सफल पार्ने भन्दै राष्ट्रको निमित्त आफु यस अभियान हिडिरहेको उहाँको भनाई छ । उनलाई अपाङग विकास संघ उदयपुरले जिल्ला समन्वय समितिको हलमा पत्रकार सम्मेलन गरी बुधबार सफल यात्रको विदाई गरेको छ ।

त्रियुगा नगरपालिका वडा नं ५ सिरपुरका कार्की ३ बर्षको हुदा पोलियो रोगबाट ग्रसित भई देव्रे गोडामा समस्या देखा परेको थियो । आफु शारिरक अपाङगता भएपनि देश र राष्ट्रको लागि १६ दिने यात्रामा रहेको कार्कीले बताउनुभयो । उनले मेचि महाकालीको दौरानमा बिभिन्न ठाउँहरुमा पुग्ने बताउनुभयो । बुटवल, स्याङजा, पोखरा, काठमाण्डो, सिन्धुली खुरर्कोट हुदै कटारी बाट उदयपुरको प्रमुख गन्तव्य स्थल उदयपुरगढी सम्म आफ्नो यात्रा रहने बताउनुभयोे ।

उहाँले उदयपुरमा रहेको सबै पालिकाहरुको पर्यटकीय गन्तव्य स्थानहरुलाई प्रचारप्रसार गर्ने र निम्तो दिदै पर्यटन प्रवद्र्धनमा सहयोग पुराउने बताउनुभयो । कार्कीले बुधवार मेचिको काकडभिट्टा सम्म पुग्ने गरी आफ्नो यात्रा सुभारम्भ गर्नु भएको छ ।

यात्रको उद्घाटन तथा विदाई जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले गर्नुभयो । विदाई कार्यक्रममा वोल्दै परियारले अपाङता भएका व्यक्तिहरु शारिरिक रुपमा अपाङगता भएपनि मानसिक र इच्छा शक्तिको रुपमा अपाङगता नहुने बताउनुभयो । आज धेरै त्यस्ता सपाङग व्यक्तिहरुलाई पछि पार्दै अपाङगता भएको व्यक्तिहरुले नसोचेको काम गरी विश्वलाई चकित बनाउने सामाजिक आर्थिक, विकास लागएतको काममा ठुलो योगदान पुराईरहेको बताउनुभयो ।

अपाङगता भएर परिवार समाज र राष्ट्र बाट अपहेलीत हुने अपाङगता व्यक्तिहरुले राष्ट्रिका लागि यो अभियान चलाएको भन्दै अपाङग विकास संघले सफल यात्राको विदाई कार्यक्रमको आयोजना गरेको अपाङग विकास संघ उदयपुरका अध्यक्ष चन्द्र राईले बताउनुभयो । उहाँले अपाङगता व्यक्तिहरुमा पनि समाज सेवा र शान्तिका भावहरु धरै मात्रामा हुने भएको हुदा राष्ट्रकाल लागि योगदान पुराउने व्यक्तिलाई विदाई कार्यक्रमको अयोजना गरेको बताउनुभयो ।

यस अभियानका लागि बिभिन्न व्यक्ति, संस्था, पालिका, जनप्रतिनिधि लागाएतहरुले अभियान्ताहरुलाई सहयोग गरेको छ । आवश्यक अनुसार सहयोग गर्नु पर्ने भएमा अझै पनि सहयोगहरु गर्ने उपस्थिति तथा समन्वय प्रमुखले बताउनुभएको छ । यात्रामा कार्की सहति अन्य दुइजना हेम बहादुर कार्की र धुर्व बहादुरले पनि यात्रामा सहयोग गर्नुभएको छ ।