पूर्णपुष्टि, कार्तिक ४
मेची माहाकाली २०२२ का लागि साईकल यात्रामा निस्किएका उदयपुरका तिनजना साईकल यात्रीहरुलाई शुक्रबार विदाई गरिएको छ । उदयपुरको पर्यटनलाई प्रचार प्रसार र स्वास्थयको लागि साईकलिङ भन्ने उदेश्य सहित मेचि माहाकाली यात्रामा निस्केका त्रियुगा नगरपालिका ७ चुहाडेका आङ पासाङ सेर्पा, त्रिनपा ११ का अबैध नारायण चौधरी र त्रिनपा १० का कृष्ण अधिकारीलाई गाईघाट बाट विदाई गरिएको हो ।

उनिहरुलई त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेत, प्रमुख प्रशासकीय अधिकृत मान वहादुर वन, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली र उदयपुर जिल्ला साईकलिङ संघका अध्यक्ष जितु रोईला लगायतले खादा र अबिर लगाएर विदाई गरेको हो । यात्रामा निस्केका आङ पासाङ सेर्पाका अनुसार उदयपुरलाई चिनाउन मेचि देखी माहाकाली सम्म आफुहरु साईकल यात्रामा निस्केको जनाउनुभयो । उदयपुरको बिभिन्न पर्यटकीय क्षेत्रको फोटो भएको जर्सिमा सजिएर आफुहरु करिब ६ दिन सम्म निरन्तर साईकल यात्रामा निस्कने जनाउनुभयो । यस यात्राले उदयपुरको पर्यटन प्रवद्धनमा प्रचार गर्नुका साथै स्वास्थ्य रहन सचेत गराउने समेत जनाउनुभयो । यात्रा माहाकाली देखी सुरु भई मेचि पुलमा आएर अन्त्य हुने जनाईएको छ । पश्चिमको माकालीको चाँदनी दोधारा बाट सुरु गरी मेचीको मेचि पुलमा आएर आफ्नो यात्रा अन्त्य हुने पासाङ्को भनाई छ । यसका लागि करिब लगतार ६ दिन सम्म साईकलमै यात्रा रहने उहाँको भनाई छ । विदाई गर्दै नगर प्रमुख बसन्त वस्नेतले तिनै जना यात्रीहरुलाई सफल यात्राको कामना गर्नुभयो ।


