
कात्तिक २६ गते ।
प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले विद्यार्थीसँग २ अर्व ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा असुली गरको ठहर गरेको छ । कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुली गरेको केन्द्रले ठहर गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा मेडिकल कलेजहरुले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्कको नाममा गैरकानुनी रुपमा रकम असुली गरेको उजुरीका आधारमा छानबिन गर्ने क्रममा यस्तो तथ्य पत्ता लागेको जनाएको छ ।
छानबिनका क्रममा मेडिकल कलेजहरुले प्रतिविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
