
पूर्णपुष्टि, जेष्ठ २०
जनताहरुलाई सचेत गराउँदै हिन्नु पर्ने अवस्थामा कैलालीमा जनप्रतिनिधिहरुबाटै निषेधाज्ञाको उलंघन भएको देखिएको छ । निति बनाउँदै हिड्ने जिम्मेवारी व्यक्तिहरुले नै नियमको उलंघन गर्दै हिडेको पाइएको हो ।
कोरोना संक्रमणका कारण देशव्यापी रुपमै गरिएको निषेधाज्ञामा त्यहाँको जनप्रतिनिधिहरुले प्रशासनको आदेश माथी उंलगन गरेको पाइएको छ ।
प्रशासन तथा नेपाल सरकारकै नियम अनुसार कुरा गर्ने हो भने अहिले सभा, छलफल, औपचारीक कार्यक्रम र भिँडभाँड नगर्ने भनिएको छ । यसै बिच कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाइँ र वडा नम्बर–१ का वडाध्यक्ष जनक बमले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा वैशाख १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बिहीबार मात्रै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने आदेश जारी गरेका छन् ।
प्रजिअबाट जारी भएको आदेशमा निषेधाज्ञा अवधिभर कुनै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमीनार तथा मानिसको भीडभाड हुने कार्यक्रम गर्न नपाइने उल्लेख गरिएको छ । तर प्रशासनको आदेश विपरीत मानिसहरु भेला गराएर उद्घाटन कार्यक्रम सहभागी भएको विषयमा प्रतिक्रिया माग्दा मेयर बजगाई र वडाध्यक्ष बमले फोन उठाएनन् ।
लम्कीचुहा नगरपालिकाका प्रमुख बजगाइँले जनप्रतिनिधि, कर्मचारी र स्थानीयको भेला गराएर बिहीबार बिहान लम्कीचुहा वडा नम्बर १ मा रहेको निर्मित बसपार्कको उद्घाटन गरेका छन् भने वडा नम्बर १ को कार्यालय भवन र स्वास्थ्य इकाइ केन्द्रको भवन उद्घाटन गर्न पनि उनले भ्याएका छन् । जहाँ ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष जनक बम लगायतका जनप्रतिनिधि पनि सहभागी भएका थिए ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जनप्रतिनिधिहरुबाट निषेधाज्ञाको उल्लङ्घन हुनु दुःखद पक्ष भएको बताए । ‘जागेको मान्छेलाई जगाउन साह्रै गाह्रो हुँदो रहेछ । जनप्रतिनिधिहरुले महामारीबाट बच्न आम नागरिकलाई सचेत गराउने पर्ने बेलामा आफै भेला गर्नुहुन्छ भने हामीले के भन्ने,’ सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले भने, यसबारेमा आफुहरुलाई कुनै जानकारी नै नभएको बताए चौधरीले बताए । हामीलाई खबर प्राप्त भए रोक्न लगाइहाल्छौँ ।’ उनेले भने,
