
पूर्णपुष्टि,जेष्ठ ३२ । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज फिलिपिन्ससँग खेल्दैछ । नेपालले घरेलु टोली फिलिपिन्ससँग उसैको मैदान रिजल मेमोरियलमा खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ ।
भारतमा आयोजना हुने १४औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप आगामी असारको पहिलो साता भारतको बेंगलुरुमा सुरु हुनेछ ।
साफ च्याम्पियनसिप भारतको बेङ्गलुरुमा असार ६ देखि १८ गतेसम्म हुनेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बङ्लादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान र माल्दिभ्स सहभागी हुँदैछन् । कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ खेल्न लागेका हुन् । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।
