
पूर्णपुष्टि, साउन ८
मोटरसाइकलको ठक्करबाट श्रीमानको ज्यान गएको छ, भने श्रीमती घाईते भएकी छिन् । विहीबार से १ प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१० का ७३ वर्षीय राम खुनाको ज्यान गएको हो ।
उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा विहीबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा घाइते भएकी खनाकी श्रीमती विष्णु खुनाको उपचार भइरहेको छ ।
ठक्कर दिने मोटरसाइकल चालक वेदकोट नगरपालिका–५ का २६ वर्षीय धनबहादुर ओखेडालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान कार्यलाई अगाडी बढाएको छ ।
