Monday, June 22News That Matters

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

पूर्णपुष्टि, चैत २८

गुल्मीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । गतराती गुल्मीदरबार गाउँपालिका–७ मा लु २३ प ५०६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालक करिब ४५ वर्षीय रामबहादुर खत्रीको मृत्यु भएको हो ।

गौंडाकोटबाट चारपालातर्फ जाँदै गर्दा घुम्तीमा मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रामबहादुरको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सडक सुरक्षा वालमा ठोक्किएर सडकबाट करिब तीन मिटर तल खसेको प्रहरीले जनाएको छ ।