Friday, June 26News That Matters

मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

मोरङ, असार ०८ गते ।

मोरङमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पथरी शनिश्चरे–१० बस्ने ६० बर्षीय चक्रबहादुर खड्काको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो ।

पथरी शनिश्चरे स्थित भित्री सडक खण्डमा बा ६९ प ७४५ नम्बरको मोटरसाईकलले आज बिहान साढे ९ बजे साईकलयात्री खड्कालाई ठक्कर दिदा उनि गम्भिर घाईते भएको थियो । टाउकोमा समेत चोट लागेको र गम्भिर घाईते भएका खड्काको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोटरसाईकल चालक पथरी शनिश्चरेकै हेमचन्द्र बास्तोलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।