
झापा, साउन २६ गते ।
झापाको अल्दिबारीमा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । दल्दिबारी गाउँपालिका – २ मा ३५ वर्षीय डम्बरबहादुर तामाङलाई गतराती मोटरसाईकलले ठक्कर दिदा मृत्यु भएको हो ।
दक्षिणबाट उत्तर जादै गरेको मे ७ प ४१३७ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई तामाङलाई ठक्कर दिदा चालक, विर्तामोड – ३ निबासी ४५ वर्षीय देवबन्दु उप्रेती र पछाडी सवार १३ वर्षीय राकेश ठाकुर घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते भएका तीनै जनाको उपचारको लागि विएण्डसी अस्पताल विर्तामोड लगि उपचारको क्रममा विहान साढे ३ बजे तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
