
मोरङ, माघ १४ गते ।
मोरङको सुन्दरहरैचामा मोटरसाईकल दुर्घटना हुदा मोटरसाईकल चालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–४ गछियामा भएको दुर्घटनामा चालक धिरेन्द्र खत्रीको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम तर्फ जादै गरेको को ३१ प ८८३ नम्करको मोटरसाईकल राती करिब पौने ११ बजे आफै अनियन्त्रित भई दुर्घटना हुदा ईटहरी–४ निबासी २६ वर्षीय खत्री घाईते भएको थियो । उनको उपचारको क्रममा बिराटनगरको बिराट नर्सीङहोममा गतराती साँढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ ।
