
सुनसरी, असोज १५
सुनसरीको हरिनगरामा मोटरसाईकल दुर्घटना हुदा मोटरसाईकल चालकको मृत्यु भएको छ । हरिनगर–४ निबासी ३५ बर्षीय दिनेश मण्डलको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।
हरिनगराको रोडमा को १६ प ४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो । पोलमा ठक्कर खाई नजिकै रहेको नहरमा मोटरसाईकल झर्दा सोही मोटरसाईकले किचेर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । तर गतराती कति बेला दुर्घटना भएको भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनसाथ तत्काल प्रहरी टोली खटि गई घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

