
पूर्णपुष्टि,असार ३१
इलाम माङसेबुङ गाँउपालिका–४ मार्चेबुङ बस्ने ३६ बर्षीय धन बहादुर राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।
मार्चेबुङ वडा नम्बर–४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट हिजो दिउसो ४ बजे मे ८ प ६०४ नम्बरको मोटरसाईकलमा घर फर्किने क्रममा रतुवा पुल नजिक मोटरसाईकल आफै अनियन्त्रिय भई सेतेभिरबाट अन्दाजी १०० मिटर तल झरेका थिए ।
वडा सदस्य राईको टाउकोमा चोट लाग्दा गम्भीर घाईते भएका थिए । उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा गए राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
