पूर्णपुष्टि, पुष १८ गते । मोटरसाईकल तथा स्कुटर चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले ४ जनालाई पक्राउ गरेको छ । मोटरसाईकल चोरी आरोपमा धनपालथान गाउँपालिका–७ का २१ बर्षीय रविन राजबंशी, बुढिगंगा गाउँपालिका –७ का २५ बर्षीय पन्चदेव खवास र विराटनगर महानगरपालिका–१९ का २१ बर्षीय विकेश खवास पक्राउ परेका छन् ।
पौष १४ गते राती बिराटनगर महानगरपालिका–९ ठाकुरवाडी रोडबाट प्रदेश नं.–०१–०२–०४२ प ३७७७ नम्बरको ल्क् मोटरसाईकल चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनिहरुलाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको हो ।
यसैगरी सोही दिन बिराटनगर–८ मधुमाराबाट प्रदेश नं.–०१–०२–००५१ प १०२७ नम्बरको स्कुटर चोरी भएको थियो । खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका स्थानीय २० बर्षीय सतिस मुखियालाई स्कुटरको पार्ट पुर्जा खोल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई चोरी सम्बन्धी मुद्धामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
