
भदौ २४ गते ।
नेपाल–भारत पेट्रोलियम पाईपलाईन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर उदघाटन गरेका छन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट स्वीच थिचेर मंगलबार पाइपलाइनको उदघाटन गरेका हुन् ।
भिडियो कन्फ्रेन्सबाट दुवै देशका प्रधानमन्त्रिले उदघाटन गरेको थियो । अहिले कार्यक्रमका लागि अहिले दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा छन् ।
उद्घाटन कार्यक्रममा प्रम ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताएको छ ।
अमलेखगन्जका इन्डियन आयल कर्पोरेसनका अधिकारीले पाइपलाइनबाट आएको तेल बोतलमा थापेर नेपाल आयल निगमका अधिकारीलाई हस्तान्तरण गरेका थिए । उक्त तेल भण्डारण गृहमा खन्याइएको थियो ।
उद्घाटनसँगै पाइपलाइनको माध्यमबाट भारतबाट आएको पेट्रोलियम पदार्थ अमलेखगञ्जको डिपोमा भण्डारण हुन थालेको छ ।
२०७२ सालमा भएको सम्झौताअनुसार भारतले ७० किलोमिटर लामो पाइपलाइन बिच्छाइएको छ । ७० किलोमिटर लामो पाइपलाइनमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको छ । सुरुमा भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भए पनि अहिलेसम्म भारतले २ अर्ब २५ करोड भारु खर्च गरेको छ ।
पाइपलाइनबाट प्रतिघन्टा २ लाख लिटर र २४ घन्टामा ४८ लाख लिटर डिजल डिपोमा आउनेछ । अहिले अमलेखगञ्जबाट दैनिक २० लाख लिटर मात्रै डिजलको माग भएकाले अन्य नाकाबाट तेल लिन भारत जाने ट्यांकरले पनि अमलेखगञ्जबाटै डिजल लैजान सक्ने डिपोले जनाएको छ ।
पाइपमार्फत आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ वटा ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर अट्ने ट्यांकी निर्माण भैसकेका छन् ।
डिपोमा सुरक्षाका सबै उपकरण जडान भैसकेको र पाइपलाइनबाट आउने तेल कन्ट्रोल र नापजाँचका लागि अत्याधुनिक कम्युटर कन्ट्रोल रुम पनि बनिसकेको छ ।
