Saturday, May 16News That Matters

मोरङमा घरैबाट उठाएर प्रध्यानाध्यापकको गोली हानी हत्या

पूर्णपुष्टि, मंसिर २३

मोरङ स्थित मिक्लाजुङ गाउँपालिका सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको गाली हानी हत्या भएको छ । मंगलबार बिहान चार(पाँच जनाको समूहमा आएका विप्लव समूहका कार्यकर्ताले अपहरण गरी उनको हत्या गरेको प्रहरीको आशंका छ ।

अपहरणमा परेको खबर सुन्नमा आउँदै गर्दा तरुन्तै हत्या भएको खबर आएको वडा अध्यक्ष नरबहादुर राईले बताउनुभयो । राईका अनुसार श्रेष्ठउलाई बिहान ६ बजे घरबाट लगिएको भनिएपनि आफुले भने यो खबर ८ बजेमात्रै थाहा पाएका बताउनुभयो ।

मलाई पनि एक जना भाइले अपहरण भएछ भनी खबर गर्नुभयो,’ राईले भने, ‘के हो त भनेर बुझ्दैगर्दा त गोली हानेर हत्या गरिसक्यो भन्ने खबर आयो ।’

शिक्षक श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । बिहान सवा ६ बजेतिर चार पाँचजनाको संख्यामा आएको एक समूहले शिक्षकलाई घरबाट लगेको र घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरेको प्रहरीको भनाइ छ । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको छ ।

मिक्लाजुङ क्षेत्र विप्लव माओवादीको गतिविधि बढी हुने ठाउँ भएको वडा अध्यक्ष राईले बताउनुभयो । विकट पहाडी क्षेत्र भएका कारण यहाँ सुरक्षाकर्मीको आवातजावत पनि पातलो हुने गरेका कारण विप्लव समूहलाई गतिविधि गर्न सजिलो छ ।

‘विप्लव समूहको आउने(जाने भइरहेको गर्छ भन्छन् । तर, हामीले देखेका छैनौं । हामीसँग चन्दा मागेको छैन,’ वडाध्यक्ष राईले भने । घटनास्थलमा मोरङका विभिन्न प्रहरी कार्यालयबाट टोली परिचालन भएको प्रहरी उपरीक्षक  खड्काले बताउनुभयो ।