Monday, June 22News That Matters

मोरङमा तामाङको गोठमा आग्लागी, ३ लाख क्षति

पूर्णपुष्टि,वैशाख  २७

मोरङक बुढिगंगा गाउँपालिका–६ कोयलपुरका जंग बहादुर तामाङको गाई गोठमा आग्लागी हुँदा ३ लाख बराबरको क्षति भएको छ । गोठ सहित ७ वटा बाख्रा, १ वटा गाई जली मरेको छ भने २ वटा बाख्रा र १ वटा गाई घाईते भएका छन् ।

गत राती २ बजे तामाङको गाईगोठमा आगोलागी हुन साथ प्रहरी र स्थानियको सहयोगमा बिहानको राती ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो । उक्त आगो गाईगोठमा लामखुट्टे भगाउन बालेको घुरबाट सल्केको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सो आगोबाट अन्दाजी ३ लाख बराबरको क्षेती भएको र अन्य मानबीय क्षेती नभएको प्रहरीले जनाएको छ ।