Sunday, June 28News That Matters

मोरङमा थप ९ जनामा संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २६ गते ।

आज मोरङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा २÷२ जना र धनपालथान गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लेटाङ नगरपालिकाका ३० र २९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । संक्रमित पुरुष जेठ ४ गते आएर  क्वारेन्टाइनमा बस्दै आएको नगरले जनाएको छ ।

धनपालथान गाउँपालिकामा ५ जनामा संक्रमित भारतबाट आएका ३ पुरुष, एक ३० वर्षीय महिला र १२ वर्षीय बालकमा रहेको गाउँपालिकाले जनाएको छ ।