
पूर्णपुष्टि,मंसिर २६
मोरङमा बलात्कारको घटना लुकाउन मिलापत्र गराएको आरोपमा ६ जना पक्राउ परेको छ । उनीहरूलाई मिलापत्रको कागजसहित घरबाटै प्रहरीले नियन्त्रणमा लिइएको हो ।
धनपालथान गाउँपालिका–५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका–१ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका–८ का ५३ वर्षीय मथालु खवासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पीडित पक्षलाई ५ लाख रुपैयाँ दिई मिल्न दबाब दिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार बेलबारी नगरपालिका–८ का ३२ वर्षीय सुरेशकुमार खवासले भदौ २४ गते धनपालथान–५ स्थित आफ्नो खेतमा मल छर्ने क्रममा २१ वर्षीया युवतीलाई बलात्कार गरेका थिए ।
