
पूर्णपुष्टि, चैत २२
मोरङमा लागुऔषधसहित एक युवक पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर–१० दक्षिणगेटबाट बेलबारी–३ का ३३ बर्षीय बिक्रम गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीले गुरुङको साथबाट एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याब ८ एम्पुल सहित पक्राउ गरेको थियो । पक्राउ परेका गुरुङ उपर थप अनुसन्धान भइरहेको छ ।
