Monday, June 22News That Matters

मोरङमा लागूऔषधसहित १ जना पक्राउ

पूर्णपुष्टि,वैशाख २८

मोरङमा लागुऔषधसहित एकजना पक्राउ परेको छ । बिराटगर–१३ का २८ वर्षीय बिर नारायण यादव लागुऔषधसहित पक्राउ परेको हो ।

सोमबार बेलुका ८ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–१६ दरैया बस्तीबाट उनलाई लागूऔषध स्पास्कोर–भोन प्लस–४८ चक्की , नाईट्रोसन ६२ चक्की, डाईएस डीएक्स–१० बोतलसहित पक्राउ गरेका थिए ।

पक्राउ परेका यादव उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।