पूर्णपुष्टि, कार्तिक २४ गते ।
नेपाली कांग्रेसका नेता तथा प्रदेश नं १ का वनमन्त्री र प्रदेश सभा सदस्यको उम्मेदवार समेत रहेका शेखर चन्द्र थापाको मृत्यु पश्चात मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि काँग्रेसका तर्फबाट मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् । बेलबारी ८ निवासी लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।
उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।
लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । लिम्बूले उम्मेदवारी दिएसँगै अब एमालेबाट उम्मेदवार बनेका दिलीप राईसँग उनले प्रतिस्पर्धा गर्ने छन् ।
