
सुनसरी, भाद्र १३ गते ।
सुनसरीको इनरुवामा म्याजिक भेनको ठक्करबाट एक जना पैदल यात्री घाईते भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत ईनरुवा नगरपालिका–३ महेन्द्रचोकमा भेनले ठक्कर दिदा यात्री घाईते भएको हो ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १ ज ३०७४ नम्बरको म्याजिकले साँझ साढे ५ बजे ईरुनपा–४ निबासी ६० वर्षीय बासुदे पण्डितलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
म्याजिकको ठक्करबाट गम्भिर घाईते भएका पंन्डितलाई उपचारको लागी जिल्ला अस्पताल इनरुवा सुनसरी लगि थप उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने म्याजिक र म्याजिक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
