Saturday, April 18News That Matters

म्यानमारमा रम्दै स्वस्तिमा

नायिका स्वस्तिमा खड्काले अभिनय गरेको चलचित्र ‘हजार जुनी सम्म’ असफल भएको थियो । तर नयाँ अर्को चलचित्र खेल्ने तयारीमा रहेको छ । कतिलाई यस चलचित्रमा किन खेल्न लागेको हो भन्ने प्रश्न उठिरेको छ ।

तिहार पछि देखि छायाँकन सुरु हुने नयाँ चलचित्र ‘चपली हाइट ३’मा घोषणा कार्यक्रम सकेर स्वस्तिमा म्यानमार उडेको थियो ।

अहिले उनीसँग विज्ञापन, म्यूजिक भिडियोको काम मात्र छ । म्यानमारमा स्वस्तिमा काम र मस्ति गर्दै छन् । उनी आफैले म्यानमारमा काम र होलिडेलाई एक साथ अगाडि बढाइरहेको उल्लेख गरेकी छिन् । पछिल्लो समयमा आएर नेपाली चलचित्रमा स्वस्तीमाको माग बढ्दै गएको छ ।