
उदयपुर, फागुन २४ गते ।
किशोर किशोरीहरुलाई लक्षित गरी १ नम्बर प्रदेश सरकारले सञ्चालन गरेको ‘म अघि बढ्छु’ अभियानलाई ग्रामिण भेगसम्म पु¥याउने उद्देश्यले प्रदेश स्तरीय सम्मेलन हुने भएको छ ।
सगरमाथा टिन्स क्लव १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आगामी बैशाख ३ गतेदेखि १६ गतेसम्म कार्यक्रम हुने भएको हो ।
सम्मेलनमा १४ जिल्लालाई पाँच वटा समुहमा विभाजन गरि प्रत्येक समुहलाई दुई दिनसम्म प्रशिक्षण दिने गरी तयारी गरिएको अभियानका प्रदेश संयोजक रवि खनालले बताए ।
सुनसरीको चतराधाममा हुने कार्यक्रममा प्रत्येक विद्यालयबाट एक किशोरी, शिक्षक नायकसहित तीन जना, जिल्लाका मुख्य र सहायक प्रशिक्षक, जिल्ला स्तरीय अनुगमन समिति र स्थानीय तह स्तरीय कार्यक्रम कायान्वयन समितिबाट १÷१ जना गरी १४ जिल्लाका ६ हजार ५६ सहभागिता हुने संयोजक खनालले बताए ।
कार्यक्रममा विपद् व्यवस्थापन सम्बन्धी नेपाल सेना, सशस्त्र र नेपाल प्रहरी, सामाजिक अपराध न्युनिकरण सम्बन्धी मुख्य न्यायाधिवक्त, कानुन व्यवसायि, अधिकारकर्मी, साईवर अपराध, लागुऔषध रोकथामका बिषयमा नेपाल प्रहरी, आईटी विज्ञ, नार्कोटिक्स नेपाल, सकारात्मक सोच, उत्प्रेरणा, प्रकोप महामारी व्यवस्थापन सम्बन्धी जनस्वास्थ्य विज्ञ लगायतको टिमले प्रशिक्षित गराउने खनालले बताए ।
कार्यक्रमलाई उपलब्धिमुलक बनाउनका लागि सम्बन्धि निकायका प्रमुख, विज्ञहरु, मनोरञ्जनका लागि कलाकारहरु ल्याउने गरी तयारी गरिएको छ । कार्यक्रमअन्र्तगत बैशाख ६ र ७ गते समुह नम्बर २ का उदयपुर, सोलुखुम्बु, ओखलढुंगा र तेर्हथुम जिल्लाका एक हजार ७९ जनाको सहभागिता रहनेछ ।
कार्यक्रमको तयारी र सुझाब संकलनका लागि सगरमाथा टिन्स क्लवले शनिबार जिल्ला स्तरीय अनुगमन समिताको बैठक सम्पन्न गरेको उदयपुरका मुख्य प्रशिक्षक तुलसीराम चौलागाईले जानकारी दिए । जिल्लाका आठ स्थानीय तहका एक सय ५२ वटा माध्यमिक तहका चार सय ५६ र अन्य १० जना गरी चार सय ५६ जनाको सहभागिता रहने गरी कार्यक्रमको तयारी गरिएको चौलागाईले जानकारी दिए ।
सबै पालिकाबाट सहभागिता जनाउने गरी बिद्यालय र स्थानीय तहलाई पत्रचार गरिने अनुगमन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले जानकारी दिए । विपद्, रोग, महामारी, लागुऔषध, अपराध जस्ता घटनालाई न्युनिकरण गर्न बिद्यालय स्तरका किशोर किशोरीको मुख्य भुमिका हुने भएकाले सचेतना जगाउने सक्ने खालका स्वयंमसेवी उत्पादन गर्नका लागि कार्यक्रम तय गरिएको उनले बताए ।
१३ वर्ष पूरा भई १९ वर्षसम्मका उमेर समूहलाई सामाजिक आचारण र नैतिकवान बनाउने अभिप्रायले सञ्चालित कार्यक्रम जिल्लामा द्र्रूत गतिमा अगाडि बढेको उनले बताए । अभियान मुख्यगरी किशोर किशोरीलाई आचरणमा परिवर्तन, नैतिकवान बनाउने, समाजप्रति सकारात्मक बनाउने उदेश्य रहेको उनले बताए ।
अनुगमन समितिका सदस्य सचिब तथा जिल्ला शिक्षा इकाई विकास शाखाका प्रमुख केदार गिरीले बढ्दो लागुऔषध दुव्र्यसनी, कुलत बाटो, कुसंस्कार, विकृति विसंगतीमा जानबाट यो अभियाले सघाउ पु¥याएको बताए । ‘आजका किशोर–किशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समुन्नतीको आधार’ भन्ने मूल नाराकासाथ सुरु भएको कार्यक्रममा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई समेट्दै अभियान सञ्चालन गरिएको उनले बताए ।
