
पूर्णपुष्टि,चैत ३ गते ।
पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले लामो दूरीका बसमा यात्रा गर्ने यात्रुको शरीरको तापक्रम नाप्न सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागी यात्रुको तापक्रम नाप्न थालिएको हो ।
प्रालिको मातहतमा रहेका करिब दुई हजार पाँच सय बसमध्ये लामो दूरीमा प्रयोग हुने बसका यात्रुको शरीरको तापक्रम नाप्ने प्रालिले जनाएको छ । शरीरको तापक्रम उच्च देखिए यात्रुलाई स्वास्थ्य केन्द्रसम्म पुराउने गरी तयारी गरिएको जनाईएको छ ।
बेलहिया, भैरहवा, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आफ्नै लगानीमा खरिद गरिएको उपकरणबाट यात्रुको तापक्रम मापन गर्ने व्यवस्था मिलाएको प्रालिले जनाएको छ ।
भारतीय सीमा नाकाबाट आउने यात्रुलाई बढी निगरानी गर्ने जनाईएको छ । कोरोनाको त्रास बढेपछि बसमा यात्रा गर्नेहरुको सख्या ह्वात्तै घटेको छ ।
