
काठमाडौं । नयाँ सरकार गठन हुने पक्का भएको छ। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने निर्णयले नयाँ सरकार गठन हुने पक्का भएको हो । माओवादी केन्द्रले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेको छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा ओलीले स्वत राजीनामा दिनुपर्ने कि त विश्वासको मत लिनुपर्ने हुन्छ ।
नयाँ प्रधानमन्त्री को बन्ने भन्ने मुख्य विषय बनेको छ । अबको नयाँ प्रधानमन्त्रीको लागि शेरबहादुर देउवा, महन्त ठाकुर, पुष्पकमल दाहाल, बाबुराम भट्टराईको नाम चर्चामा छ। यी नेताहरु मध्ये देउवा प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ । माधव नेपाल, प्रचण्डले समेत प्रधानमन्त्री बन्न समर्थन गरेका छन्। त्यसैले गर्दा पनि देउवाको सम्भावना धेरै देखिन्छ।
