Friday, May 22News That Matters

युरोपा लिगको फाइनलमा इन्टर मिलान प्रवेश

पूर्णपुष्टि, भदौ २

युरोपा लिगको फाइनलमा इन्टर मिलान प्रवेश गरेको छ । गतराति भएको खेलमा सख्तर डोनेस्कलाई ५–० गोलले पछि पार्दै इन्टर मिलान फाइनलमा प्रवेश गरेको हो ।

जर्मनीमा भएको खेलमा इन्टर मिलानको जितमा मार्टिनेज र रोमेलु लुकाकुले दुईरदुई गोल गरे । एक गोल डानिलोले गरे ।

खेलको १९ औं मिनेटमा निकोलो बारेलाको पासमा मार्टिनेज प्रहार गरेको पहिलो प्रहारलाई साख्तरका गोलकिपरले बचाएका थिए ।

तर त्यसपछि पनि मार्टिनेजले दोस्रो प्रयासमा गोल गरे । इन्टर मिलान नौ वर्षपछि युरोपा लिगको उपाधि उचाल्ने योजनामा रहेको छ ।

अब उपाधिका लागि स्पेनिस क्लब सेभिल्लासँग शुक्रबार खेल्नेछ ।