
पूर्णपुष्टि, साउन २८
स्पेनिस क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गतराती भएको खेलमा प्रिमियर लिग क्लब उल्भ्सलाई हराउँदै सेभिल्ला अन्तिम ४ मा प्रवेश गरेको हो ।
खेलको ८८ औ मिनेटमा लुकास ओकम्पोसले हेड गोलमार्फत सोभिल्लालाई जित दिलाएका हुन् । सेभिल्लाले अब फाइनल प्रवेशका लागि आइतबार राति अर्को प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
नुनो एस्पिरिटो सेन्टो नेतृत्वको उल्भ्सले सुरुवातमै खेलमा अग्रता लिने अवसर पाएको थियो । उल्भ्सका राहुल जिमेनेजको पेनाल्टी प्रहारलाई सेभिल्लाका गोलकिपरले बचाएका थिए ।
उल्भ्स अर्को सिजन युरोपा लिगमा हुने छैन । उसले सातौं स्थानमा रहँदै प्रिमियर लिगको अन्त्य गरेको थियो ।
