
पूर्णपुष्टि, भदौ १०
युरोप पठाउने बाहानामा पैसा ठगी गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–३ घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३३ वर्षीय पोशबहादुर सुनुवारलाई कोटेश्वरबाट महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।
सुनुवारलाई युरोप पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
सुनुवारले वर्किङ भिसामा युरोपेली मुलुक लिथुनिया पठाइदिन्छु भन्दै ६ जना व्यक्तिबाट एक–एक लाखका दरले ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको महाशाखाले जनाएको छ । यस बिषयमा प्रहरीले सुनुवारलाई थप अनुसन्धान गरिरहेको छ ।
