Saturday, May 16News That Matters

युवती बलात्कारको आरोपमा १ जना पक्राउ

पूर्णपुष्टि, फागुन ३० गते ।

उदयपुरमा युवती बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ । शारिरीक अपाङ्गता भएकी २६ बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा ववित दनुवार पक्राउ परेको हो ।

गत बुधबार राती पीडितको घरको ढोका फुटाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–९ का १९ बर्षिय दनुवारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घरका सबै सदस्य सुतेको मौकाछोपी दनुवारले राती १२ बजे युवती सुतेको ढोका फुटाई पसेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दनुवारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरेहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।