पूर्णपुष्टि, चैत्र २०।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ की एक युवती मृत फेला परेकी छिन् । १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत फेला परेकी हुन् ।
चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगलतर्फ गएकी युवती बेलुकासम्म घर नआएपछी खोजतलासको क्रममा आज बिहान फेला परेको १ नं। प्रदेश प्रहरीले जनाएकोछ ।
पौने १२ बजेको समयमा उक्त भिर मुनी मृत फेला परेकी हुन् । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
