
पूर्णपुष्टि, भदौ १
यूएईले भिसा सकिएर गैरकानुनी भएका विदेशी नागरिकलाई थप तीन महिनाको आममाफी दिएको छ । मार्च १ भन्दा अघि टुरिष्ट र रेसिडेन्ट भिसा सकिएर गैरकानुनी हैसियतमा बसिरहेका विदेशी नागरिकलाई यूएईले तीन महिनाको आममाफी दिएको हो ।
यूएईले भिसा सकिएका तर कोरोनाको कारण घर फर्कन नपाएकालाई मे १८ देखि अगष्ट १८ सम्म देश छाड्न समय दिएको थियो । यो समयमा घर फर्कनेलाई जरिबाना नगर्ने जनाएको थियो । अब यूएईले यही समयलाई थप तीन महिना थप्दै नोभेम्बर १७ सम्म पु¥याएको जनाईएको छ ।
तोकिएको समयमा देश छाडेर स्वदेश फर्किएमा ओभरस्टे बापतको सबै जरिबाना शुल्क पनि मिनाहा गरिदिने यूएईले जनाएको छ । यूएईले यो समयको सदुपयोग गर्दै स्वदेश फर्किएर जरिबानाबाट बच्न सबै गैरकानुनी विदेशी नागरिकलाई अनुरोध गरेको छ ।
यो अवसर मार्च १ भन्दा अघि भिजिट, टुरिस्ट भिसा र बसोबासको भिसा सकिएकाको हकमा लागू हुनेछ । तर यो नियम मार्च १ भन्दा पछि भिसाको अवधि सकिएका, जागिर गुमाएका र भिसा क्यान्सिल भएकालाई भने लागू हुने छैन ।
आममाफीमा सहभागी भएर दुबई इन्टरनेशनल एअरपोर्ट भएर आउनेले उडान हुनुभन्दा ४८ घण्टाअघि नै त्यहाँको अध्यागमनमा गएको प्रक्रिया मिलाउनुपर्छ ।
आबुधाबी, सारजहा र रसअलदेमा विमानस्थलबाट घर फर्कनेले भने उडान हुनुभन्दा ६ घण्टा अघि मात्रै विमानस्थलमा पुग्दा हुन्छ ।
