Thursday, June 18News That Matters

रकुममा जीप दुर्घटना हुँदा २२ दिने शिशु सहित ५ जनाको मृत्यु

पूर्णपुष्टि,जेष्ठ ११ । पश्चिमको रुकुममा जीप दुर्घटनामा परी २२ दिने शिशु सहित ५ जनाको मृत्यु भएको छ । विहावार बिहान सानीभरी–५, मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जीन दुर्घटनामा परी २२ दिनकी सुत्केरी र उनका नवजात शिशुसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको खवर पाएलगतै उद्धारको लागि घट्ना स्थलमा पुगेको बाँफिकोट–८का वडाअध्यक्ष धनबहादुर खत्रीले जीप सडकबाट निकै तल खसेकोले उद्धारमा कठिन भएको बताए । उनका अनुसार बिहान ८ः२० बजे दुर्घटना भएको हो ।

प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । बाँकी ६ जनाको रूकुम पश्चिमकै सल्लेमा उपचार भइरहेको छ । मृत्यु हुनेमा ३ जना सानीभेरी गाउँपालिकाका र बाँकी बाँफिकोटका रहेको वडाध्यक्ष खत्रीले बताए ।

शव अहिले सल्ले अस्पतालमा राखिएको छ र उनीहरूको सनाखत भइरहेको प्रहरीले जानकारी दिएको छ।