Wednesday, July 8News That Matters

रवि लामिछानेको राजनितिक फड्को : पत्रकार बाट गृहमन्त्री सम्म

पूर्णपुष्टि, पुष ११
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने नेपालको उपप्रधान तथा गृहमन्त्रीमा बियुक्त भएका छन् । लामिछानेले सामान्य हिसवामै ठुलो जिम्मेवारी पाएका छन् । सरकारमा जानेनजाने भन्ने विषयमा पर्ण रुपमा नखुलेका लामिछानेको पाटीर्, एक्कासी प्रचण्ड नेतृत्व सरकारमा भाग लिए सँगै गृहमन्त्रालय जस्तो पावरफुल मन्त्रालय कब्जा गर्न सफल भए । लामिछाने पत्रकारका पृष्ठ भुमिबाट उदाउँदै राजनितिमा छोटो समयमै फड्को मार्ने व्यक्तिको रुपमा चिनिए । न्युज ट्वान्टी फो टेलिभिजनमा सिधा कुरा जनता सँग प्रस्तुतीकै क्रममा जनताहरुको मन जित्न सफल लामिछानेले चितवनबाट राष्ट्रिय सभा सदस्यमा बाजी मारेका थिए । उनले पछिल्लो समय ग्यालेक्सी फोके टेलिभिजनबाट राजिनामा दिएर पार्टी खोलेका थिए । छोटो समयै जनताको मन जित्न सफल उनी सँगै बिभिन्न ठाउँहरुमा ७ जनाले प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ १३ जना गरी २० जना सांसदमा पुगेका पुगेको छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार सपथ खुवाएको छ । लामिछाने सँगै एमालेका बिष्णु पौडेल, माओवादीका नारायणकाजी श्रेष्ठले पनि सपथ लिईसकेको छ ।