पूर्णपुष्टि, पुष ११ । नव निर्वाचित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पहिलो कार्यकालमा कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायको लागि अधिकतम सरोकारवालाहरु संग पहल गर्ने बताएको छ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिय किशोरी बालिका बि.स. २०७५ साउनको १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर स्थानीयले उखुबारीमा फेला पारेको थियो ।
उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।
