
भोजपुर, असोज १७ गते ।
वर्षाले सडक क्षती पु¥याएपछि भोजपुरको वालङ्खा–रानीटार सडक खण्डको यात्रा कष्टपूर्ण बनेको छ । दशैँको मुखमा परेको वर्षातले सडकमा क्षती पु¥याउदा सवारी आवागमन कष्टपूर्ण बनेको हो ।
उदयपुरको चौदण्डिगढी हुदै रानिटारबाट भोजपुर प्रवेश गर्ने उक्त सडक वर्षाले क्षती गरेपछि आमचोक गाउँपालिका र उक्त पालिका हुदै हतुवागढी, जिल्ला सदरमुकामसम्म यात्रा गर्न कठिन बनेको हो ।
आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईका अनुसार पालिकाले सडक मर्मत कार्य गरिरहे पनि निरन्तर परेको वर्षाले पुन सडक भत्काउने गरेपछि मर्मत कार्यमासमेत कठिनाई भईरहेको छ । “विहान सडक मर्मत ग¥यो बेलुका भत्किहाल्छ ।” अध्यक्ष राईले भने “तल सडक मर्मत गरेर अवरोध हटायो माथिबाट खसिहाल्छ ।”

सडकको यस्तो समस्याले दशैँ, तिहार मनाउन जिल्ला भित्रिने यात्रुहरुलाई कष्टपूर्ण यात्रा बनेको छ । करिब २५ किलोमिटर लामो रानिटार–वालङ्खा सडक मर्मत मै चुनौती भईदिदा दशैँ खल्लो बन्ने अवस्था आएको छ । पालिकाले सकेसम्म सडक मर्मत गरी यात्रा आवागमन सहज बनाउन प्रयत्नशील रहेको अध्यक्ष राईले बताए ।
यतिबेला गाउँ फकर्ने यात्रुहरु हिलाम्य सडकमा कतै गाडी ठेल्दै त कतै डोरी लगाएर तान्दै जोखिम पूर्ण यात्रा गर्दैछन् । वर्षाले सडक क्षती गरेपछि हिलाम्य सडकमा गाडी फँस्ने, चिप्लिने गरेकाले जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
क्षती ग्रस्त सडकका जोखिम पूर्ण यात्रा गर्दै : फोटो फिचर

