Sunday, June 28News That Matters

राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था उदयपुरको २० औँ बार्षिक साधारण सभा सम्पन्न

पूर्णपुष्टि, पौष २७

राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उदयपुरले आफ्नो २०औँ बार्षिक साधारण सभा सम्पत्र गरेको छ ।  निजामती कर्मचारीहरु आवद्घ रहेको उक्त संस्थाले आफ्नै सभाहलमा २० औँ बार्षिक साधारण सभा आयोजना गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष केदार प्रसाद दाहालले ५ करोड ८६ लाख ६३ हजार ४ सय ३७ रुपैया ३३ पैसा बरावरको आय–व्यय विवरण सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सभामा आमन्त्रित वक्ताहरुले हाल सम्म बचत तथा ऋणको मात्र कारोवार गर्दै आएकोमा भविष्यमा उद्योग, व्यावसाय, विद्यालय, घरजग्गा खरिद विक्री, कृषि र जडिवुटी लगायतका क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा एस.ई.ई। परीक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका सन्ततीलाई नगद सहित सम्मान गरिएको थियो ।