पूर्णपुष्टि,माघ ३ । सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३ वटा मन्त्रालय पाउने भएको छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा भएको सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम र शिक्षा मन्त्रालय पाउने भएको हो ।
रास्वपाले सत्ता गठबन्धन दलहरूबीच भागबन्डामा सहमति भएपछि त्यसै आधारमा मन्त्री छनोट गर्ने जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष लामिछानेलाई दिएको छ । गृहमा अहिले नै पार्टी अध्यक्ष रवि लामिछाने छन् । समितिको सोमबार साँझ बसेको बैठकले रास्वपालाई तीनवटा मन्त्रालय दिने निर्णय गरेको थियो।
