
पूर्णपुष्टि,मंसिर २३
राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको दोश्रो अधिवेशनमा कृष्णप्रसाद गौतम चयन भएको छ । शनिवार गण्डकी प्रदेशको राजधानी पर्यटकिय नगरी पोखरामा सम्पन्न भएको अधिवेशनले गौतमलाई नेतृत्वमा ल्याएको हो ।
अधिवेशन चर्चित कलाकार, चलचित्र निर्माता तथा राष्ट्रिय संगितकर्मी संघको केन्द्रीय महासचिव बिक्रमजंग शाहको प्रमुख आतिथ्तामा सम्पन्न भयो ।
अधिवेशनमा बोल्दै शाहले कलाकारहरुको हकहितका लागि राष्ट्रिय संगितकर्मी संघ स्थापना गरिएको बताउनुभयो । उहाँले सम्पुर्ण कलाकारहरु एकजुट हुन जरुरी रहेको समेत बताउनुभयो । शाहले अझै पनि समाजलाई मनोरन्जन मार्फत समाजका विकृति विसंगति केलाई देश विकासमा योगदान पुराउने कलाकारहरुलाई राज्यले कदर नगरेको समेत दाबी गर्नुभयो । कलाकारलाई राष्ट्रको गहना भनिन्छ तर व्यवहारमा कलाकारहरु पिडित रहेकाले उहाँको भनाई थियो । अब कलकारहरु एकजुट भएर आफ्नो समस्या राज्यलाई सुनाउनु र परेको खण्डमा संघर्ष गर्नु तयार रहनु पर्ने समेत उहाँले बताउनुभयो ।
गौतमको नेतृत्वमा ३० सदस्यीय नयां कार्यसमिती सर्वसम्मतिले निर्वाचित भएको छ । नवनिर्वाचित कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष प्रशान्त सुनार, प्रथम उपाध्यक्ष करण तामाङ, द्वित्तीय उपाध्यक्ष अनिता पन्त , महिला उपाध्यक्ष लक्ष्मी नेपाली , महासचिब शंखर ढकाल , सचिब अर्जुन सापकोटा, बालकृष्ण शर्मा , महिला सचिब पवित्रा काफ्ले, कोषाध्यक्ष मिठु झा , सह कोषाध्यक्ष प्रतिमा भट्टराई , गंगा पौडेल , शुरेस भुर्तेल रहेका छन् ।
यस्तै सदस्यहरु गोविन्द प्रसाद अधिकारी, खिमलाल देवकोटा, गम बहादुर न्यौपाने, अ्म्बिका भण्डारी , कल्पना सिग्देल , किरण शर्मा, संगम शर्मा , प्रज्वल भित्रकोटि, रामकुमार थापा मगर, पुजा गुरुङ, बिरु बस्याल , सुजिता राना , डीबी मजाकोटी, लिला पौडेल , समिक्षा घर्ती र पुर्ण वाग्ले इतिहास चुनिएका छन् ।
एक सयभन्दा बढि कलाकार एवं संगितप्रेमी उपस्थित उक्त कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य सन्तोष अधिकारी, रिना थापा मगर, शिवम डिजिटलका संचालक शिब भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।
