Tuesday, June 23News That Matters

राहत वितरण गर्दा उच्च सतर्कतामा कमि

पूर्णपुष्टि/चैत्र,२३ 

उदयपुरमा यतिवेला राहत वितरणलाई प्राथामिकतामा राखिएको छ तर वितरणमा उच्च सतर्कता अपनाउने कुरमा भने कम्जोरी देखिने गरेका छन् । राहत लिन आउनेहरुको सामाजिक दुरी कायम देखिदैन भने राहत लिने र दिनेकै विचमा पनि यो समस्या छ । नजिक तथा टाँसिएर समेत लेनदेन भइरहेको तस्विर तथा भिडियोहरु सामाजिक सञ्जालहरुमा प्रसस्त देखिरहेका छन् ।

राहत जनप्रतिनिधिकै हातबाट दिनु पर्छ भन्ने मानसिकता र सामाजिक संञ्जालमा लोकप्रिय हुने मह काकारण पनि यस्तो भईरहेको हो । सबै जनप्रतिनिधि र सबै ठाउँमा यो अवस्था नदेखिएपनि अधिकांशमा यो समस्या देखिने गरेको पाइन्छ । बुद्धिजिविहरुले राहत दिनेले एउटा टेवलमा राखिदिन र लिनेले उठाएर लैजाने गर्दा उपयुक्त हुने बताउँछन् । जनप्रतिनिधिहरु, नागरिक समाजहरु, र  सरोकारवालहरु रोहवरको रुपमा बस्दा हुने तर्क छ ।

सुरक्षाकर्मीहरुले हरेक ठाउँमा दुरी कायम गराउन र व्यवस्थित गराउन कोशिस गरिरहेको देखिन्छ । तर सर्वसाधरणमा सतर्कता, सचेतना कमि हुनु र जनप्रतिनिधिहरु, कर्मचारीहरु आफैले पनि आफ्नो ठाउँमा व्यवस्थित गर्न नसक्नुका कारण राहत वितरणमा सतर्कताको कमि देखिएको छ । विपन्न वर्ग, दैनिक ज्यालादारीका नागरिकहरुलाई गरिएको राहत वितरण सराहनिय भएकोले सतर्कता पनि उच्च रुपले अपनाउन पर्ने देखिन्छ ।

कोरोना संक्रमणबाट बच्न हामि कुनै मैदानमा गएर हइन उच्च सतर्कताको बाटो लाई रोजेर बच्नुको कुनै विकल्प छैन । विश्व आतंक छ तर यो कुनै भौतिक युद्ध पनि हइन तथापी हामि एउटा अदृश्य आक्रमणकारी दुश्मन सँग अहिले युद्ध गरिरहेका छौँ । यो युद्ध सफल बनाउन लकडाउनको पालन गर्दै अत्यावश्क कार्यहरुलाई पनि सजकता पूर्वक कामहरु गर्न जरुरी देखिन्छ ।

उदयपुर पनि लकडाउनको प्रभावकारी क्षेत्र हो । लकडाउन पश्चात दैनिक रुपमा काम गर्ने ज्याला मजदुरीहरु अहिले भोकमरीमा छ । यसै क्रममा स्थानीय सरकार, संघ सस्था, व्यापारी, संञ्चाकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगाएत आआफ्नै तरिकाले फिल्मा खटिरहेको अवस्था छ । उदयपुरको ८ ओटा स्थानीय तहहरु अहिले आफ्नो क्षेत्रको जनताहरुलाई राहत वितरण गर्दै जनताको गाउँमा पुगिरहेको छ ।

राहत बाँड्ने क्रममा अलिक भिँड भाँड र दुरी कायम नभएको सर्वसाधरणहरुको गुनासो छ । सम्बन्धित निकायहरुले काम गर्ने सबैले यसको पालना गरी जोखिमलाई नियन्त्रण गर्नु पर्छ । नेपालमा हाल सम्म सुरक्षा र सतर्कताको बाबजुत पनि ९ जना संक्रमण पत्ता लागि सकेको अवस्था छ । यो बढाउने हइन घटाउने तर्फ नेपाल र नेपालीको प्रतिनिधित्व हुन जरुरी छ । र यो अभियान उदयपुरले पूर्ण सफल बनाई आफु, अरु र उदयपुरबासी लगाएत सम्पूर्ण देशलाई नै सुरक्षाको भुमिका खेल्नु जरुरी रहेको छ ।