
पूर्णपुष्टि, भदौ २२
रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । रिलायन्सले बाँडफाँड गरेको एक सय रुपैयाँ अङ्कित दरका ६३ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।
समझदारी पत्रमा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गर्नुभएको छ ।
रिलायन्सले धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्न, शेयर दाखिल खारेज गर्न, नामसारी गर्नलगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम गर्न सनराइज क्यापिटल लिमिटेडलाई शेयर रजिस्ट्रारको रुपमा नियुक्त गरेको छ ।
बीमा समितिबाट पछिल्लो समय इजाजत प्राप्त १० नयाँ जीवन बीमा कम्पनीमध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्कासन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो ।

