Thursday, May 7News That Matters

रुखबाट लडेर १ जनाको मृत्यु

ताप्लेजुङ, असोज १४ गते ।
ताप्लेजुङको मौवा खोलामा अरिङ्गाल पोल्न रुख चढ्दा एक जनाको मृत्यु भएको छ । अरिङ्गालको गोला पोल्न रुख चढेका मैवा खोला गाउँपालिका–३ गौतम डाँडा निबसी ३० वर्षीय गोविन्द लिम्बुको लडेर मृत्यु भएको हो ।
घर नजिकै उत्तिसको रुखमा भएको अरिङ्गालको चाका निकाल्न रुख चढ्दा गतराती साँढे १० बजे एक्कासी लड्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घटनाको जानकारी पाउँनासाथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।