
उदयपुर,माघ १६ गते ।
उदयपुर बेलकामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका–३ निबासी ४० बर्षीय जिवन भन्ने झमकबहादुर बस्नेतको मृत्यु भएको हो ।
घर नजिकै रहेको सेती खोलाको जंगलमा बुधबार बिहान साढे ९ बजे हङरायोको रुखमा चडि घाँस काट्ने क्रममा
लडेर घाईते भई उपचार गराउन धरानको घोपामा लगी उपचारको क्रममा मृत्यु भएको मृतकको आफन्तले जनाकारी गराएको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ ।
