
भदौ २२ गते ।
रुपन्देहीमा डेंगी रोगले एक जानको मृत्यु भएको छ । बाणगंगा–७ मोतिपुर निबासी ६१ वर्षीया सावित्रा आचार्यको डेंगुले मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार बेलुका आचार्यको मृत्यु भएको थियो । एक्कासी ज्वरो आएपछि ३ दिनदेखि आईसीयूमा राखेर उपचार गराईरहेको थियो ।
जिल्लामा ५० भन्दा बढि डेंगीका बिरामीको उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यकी आमा हुन् । नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस संगठनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
