Sunday, May 24News That Matters

रुपन्देहीमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु

पूर्णपुष्टि, भदौ १९

रुपन्देहीमा कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु भएको छ । सिद्धार्थ नगरपालिका–८ का ४५ वर्षीय पुरुषको होम आइसोलेशनमा र सिद्धार्थ नगरपालिका–७ का ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

ती महिलाको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

आजै बिहान कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका लागि भर्ना भएका बुटवल उप–महानगरपालिका–८ का ७८ वर्षीय वृद्धको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि गत ४ गतेदेखि अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएको ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।