
पूर्णपुष्टि, बैशाख २० गते ।
रुसका निर्माण मन्त्री भ्लादिमिर यकुशेभ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रि यकुशेभलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्प्ताल भर्ना गरिएको छ ।
निर्माण मन्त्रीका सहायकलाई पनि भाइरस संक्रमित भएको संचारमाध्यमहरुले जनाएको छ । गत बिहीबार प्रधानमन्त्री मिखाइल मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफू कोरोना संक्रमित भएको बारे जानकारी गराएका थिए ।
पछिल्लो २४ घण्टामा रुसमा नौ हजार छ सय २३ जनामा संक्रमण देखिएको जनाईएको छ । रुसमा अहिलेसम्म कोरोनाको कारण एक हजार दुई सय २२ जनाको मृत्यु भईसकेको जनाईएको छ ।
