
कात्तिक २० गते ।
जनकपुर–जयनगर रेलमार्गमा कमला नदी अवोध बनेको छ । सञ्चालनको तयारीमा रहेको रेलमार्ग नदीका कारण वर्षाको समयमा प्रभावित हुने देखिएको हो ।
यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको छ । गत वर्ष नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । नेपाल–भारत सीमानामा पर्ने धनुषाको इनरुवातर्फ १ सय मिटर लिक पूर्णरुपमा बाढीले क्षतिग्रस्त भएको थियो ।
बाढीले जनकपुर–जयनगर रेलमार्गमा करिब ८ करोड रुपैयाँको क्षति पु¥याएको रेल विभागले जनाएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।
