Friday, May 1News That Matters

रेलिङ नभएको भ¥याङबाट लड्दा मजदूर महिलाको ज्यान गयो

पूर्णपुष्टि, असार २०

रेलिङ नभएकोे भ¥याङबाट लडेर भक्तपुरमा एकजना मजदूर महिलाको ज्यान गएको छ । सिन्धुलीको दुधौली घर भएको लीला सदाको भ¥याङबाट लडेर ज्यान गएको हो ।

लीलाले शनिबार बेलुकाको खाना खाएर सुत्न जाँदा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भ¥याङबाट लड्दा ज्यान गएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।

सदाको शव पोष्टमार्टमका के.एम.सी. अस्पताल दुवाकोट भक्तपुर पठाइएको छ, भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।