Tuesday, June 9News That Matters

रेल दुर्घटनामा ३२ जनाको मृत्यु

पूर्णपुष्टि, चैत १४ 

इजिप्टको सोहाग प्रान्तको टहटा शहरमा रेल दुर्घटना हुदा ३२ जनाको मृत्यु भएको छ ।

यात्रु बाहक दुई रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु भएको छ भने एक सय ६५ जना घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

दुर्घटना भएको ठाउँ इजिप्टको राजधानी कायरोबाट तीन सय ६५ किलोमिटर दक्षिणमा पर्छ । रेलमार्गमा अज्ञात व्यक्ति आएपछि अचानक ब्रेक लाग्दा रेल दुर्घटना भएको रेल विभागले जनाएको छ । दुर्घटना क्षेत्रमा घाइतेहरुलाई अस्पतालसम्म पुर्याउनको लागि ७० भन्दा बढी एम्बुलेन्स पठाएको जनाइएको छ ।

दुर्घटनाको लागि जिम्मेवार व्यक्तिलाई कडा कारबाही गर्ने इजिप्टका राष्ट्रपति अब्दुल फता अल सिसिले बताउनुभएको जनाईएको छ ।

इजिप्टको रेल वे प्रणाली कमजोर भएको र मर्मत नगरेका कारण बारम्बार यस्ता दुर्घटना भइरहेको जनाईएको छ । यो भन्दा पहिले सन् २००२ मा पनि इजिप्टमा रेल दुर्घटना हुँदा ३ सय ७३ जनाले मृत्यु भएको थियो ।